सीवाइसी लघुवित्तको नाफा ५५.०८ प्रतिशतले बढ्यो
काठमाडौं। सीवाइसी नेपाल लघुवित्तले ८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको तथ्यांक हो।
त्यसअघिल्लो वर्ष यही अवधिमा सीवाइसीले ५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा यो अवधिमा ५५.०८ प्रतिशतले नाफा बढाएको हो। यसअवधिमा कम्पनीको सञ्चालन नाफा ६२.११ प्रतिशत र खुद ब्याज आम्दानी ५७.२३ प्रतिशतले बढेको छ।
असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ०३ पैसा (वार्षिक) रहेको छ। यसको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा छ। यसको खराब कर्जा ४.८४ प्रतिशतबाट घटेर १.९५ प्रतिशतमा झरेको छ । सीवाइसीले वैशाखमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment