चौथो त्रैमाससम्म आशा लघुवित्तले कमायो साढे १२ करोड

डिसी नेपाल
१३ साउन २०७९ ९:२५
44
Shares

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको यसै अवधिभन्दा ०.४४ प्रतिशतले बढी हो।

अघिल्लो वर्षको यसै अवधिमा यसले १२ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको सञ्चालन नाफा ३.८९ प्रतिशतले घट्दा खुद ब्याज आम्दानी भने १९.४७ प्रतिशतले बढेको छ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १० रुपैयाँ ५९ पैसाले घटेर ३७ रुपैयाँ ०१ पैसा (वार्षिक) मा झरेको छ। अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६ पैसा (वार्षिक) थियो। यसको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा छ । यसको खराब कर्जा ३.८० प्रतिशत बाट बढेर ३.८५ प्रतिशत पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.