धौलागिरी लघुवित्तको ३ लाख ३१ हजार कित्ता आइपिओ साउन २४ गतेदेखि आउँदै

डिसी नेपाल
१३ साउन २०७९ १०:१५
52
Shares

काठमाडौँ। धौलागिरी लघुवित्त वित्तीय संस्थाको ३ लाख ३१ हजार कित्ता आइपिओ साउन २४ गते बिक्री खुल्ला गर्ने भएको छ।  संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मुल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गर्न लागेको हो।

संस्थाले जारी गर्ने आइपिओमध्ये ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। भने बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने भएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै शेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.