दुई दिनमा १ हजार ६ सयले बढ्यो सुनको मूल्य
काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ।
बिहिबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
यता, शुक्रबार चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले बढेर १ हजार २२० रुपैयाँ कायम भएको छ । बिहिबार चाँदीको भाउ प्रतितोला १हजार १८५ रुपैयाँ कायम रहेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment