अमेरिकी दूतावासद्वारा काठमाडौँमा व्यवसाय तथा लगानी सहजीकरण कार्यशाला गोष्ठी
काठमाडौँ। नेपालस्थित अमेरिकी दूतावासले आज व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकासको प्रवर्द्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ।
छलफल गरिएका विषय नेपालको व्यावसायिक वातावरण र लगानीसम्बन्धी नीतिगत पहलहरूमा केन्द्रित थिए। कार्यक्रममा उद्यमी, कार्यकारी पदाधिकारी, व्यावसायिक सङ्घका प्रतिनिधि, विकास संस्था, प्रबुद्ध समुह तथा सरकारी अधिकारीलगायतका नेपालको दिगो आर्थिक विकास प्रवर्द्धनका सरोकारवालाहरूको उपस्थिति थियो । उक्त कार्यक्रमले काठमाडौँस्थित अमेरिकी दूतावासलाई नेपालमा अमेरिकाको बढ्दो व्यावसायिक लगानी र संलग्नताप्रति समर्थन प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको थियो।
कार्यक्रममा दूतावासका कार्यवाहक राजदूत म्यानि पी. मिक्कलर, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्घाटन मन्तव्य प्रस्तुत गरेका थिए।
“अन्य धेरै देशहरू जस्तै नेपालको आर्थिक विकासमा पनि परिवर्तनको प्रमुख सम्वाहक निजि क्षेत्र हो जसले रोजगारी सृजना गर्छ र राष्ट्रिय आयमा सर्वाधिक योगदान पुर्याउँछ,” कार्यवाहक राजदूत म्यानी पी. मिक्कलरले भने, “त्यसबाहेक निजि क्षेत्रले उदाहरण प्रस्तुत गरी नेतृत्व गर्दछ – जिम्मेवारी र समावेशिताजस्ता मुल्यहरू प्रदर्शन गर्दै र नेपालका सबै समुदायको उत्थान गर्ने सकारात्मक प्रभाव पार्दै ।”
सो कार्यक्रमले नेपालमा नयाँ र द्रुत गतिमा विकास हुँदै गरेको र अमेरिका-नेपालबिचको व्यापार तथा लगानी सम्बन्धलाई टेवा पुर्याउन प्रयासरत नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ बारे पनि छलफल भएको थियो।







डिसी नेपाल








Facebook Comment