दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट, कुनको मूल्य कति पुग्यो ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शुक्रबारको कारोबारमा रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर सर्किट लागेको हो।
यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३३ रुपैयाँ यो पैसाले बढेर ३ सय ६८ रुपैयाँ ५० पैसा पुगेको छ।
यस्तै, राष्ट्र उत्थान लघुवित्तको सेयर भाउ १ सय १७ रुपैयाँ १० पैसाले बढेर १ हजार २ सय ८८ रुपैयाँ ३० पैसा पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment