‘मलाई केही भयो भने नाना पाटेकर जिम्मेवार’

डिसी नेपाल
१४ साउन २०७९ १७:१३
26.7k
Shares

काठमाडौं । ‘आशिक बनाया आपने’ फेम तनुश्री दत्ता फेरि एकपटक चर्चामा आएकी छिन् । २०१८ मा तनुश्री दत्तले मिटु सुरु गरेर सबैलाई चकित पारिन्। मिटु मार्फत तनुश्रीले नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । योसँगै अभिनेत्रीको नयाँ पोष्टले सर्वत्र हलचल मच्चाएको छ । पोष्ट मार्फत तनुश्रीले नाना पाटेकरको बारेमा फेरि एउटा ठूलो कुरा भनेकी छिन् ।

तनुश्री दत्ताले नाना पाटेकर र उनका बलिउड साथीहरूको लागि इन्स्टाग्राममा लामो पोस्ट लेखेकी छिन्। यस पोस्टमार्फत तनुश्री दत्तले लेखेकी छिन्, ‘यदि मलाई केही भयो भने, मिटूका आरोपी नाना पाटेकर, उनका वकिल, सहयोगी र उनका बलिउड माफिया साथीहरू जिम्मेवार छन् । को हुन् बलिउड माफिया ? एसएसआर (सुशान्त सिंह राजपुत) को मृत्युको मामिलामा जसको नाम बारम्बार आएको छ, त्यही व्यक्तिहरू।

तनुश्रीले उनीहरुको फिल्म नहेर्न र तिनीहरूलाई पूर्ण बहिष्कार गर्न भनेकी छिन् । आफ्नो बारेमा गलत समाचार फैलाउने सबैको पछि लाग्न उनले आग्रह गरेकी छिन् । यस पोस्टमार्फत तनुश्रीले आफूलाई सबैले धेरै दुःख दिएको बताइन् । यतिसम्म कि कानुनले पनि उनीहरुको अगाडि केही गर्न सकेन । तनुश्री भन्छिन्, कानून र न्यायले आफू असफल भएको हुनसक्छ तर उनी आफ्नो देशका जनतामा विश्वास गर्छिन् ।

इमरान हाश्मी स्टारर फिल्म ‘आशिक बनाया आपने’ बाट तनुश्री रातारात स्टार बनिन् । तर, त्यसपछि उनले बलिउड फिल्ममा खास केही गर्न सकिनन् । यसै क्रममा मिटू मुभमेन्टमार्फत अभिनेत्रीले नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

अभिनेत्रीले भनिन्, सन् २००९ मा फिल्म ‘हर्न ओके प्लिज’ को सुटिङका ​​क्रममा नाना पाटेकरले आफूसँग नजिक आउन खोजेका थिए । तनुश्रीको बयानले जताततै हंगामा मच्चाएको छ । तर केही दिनपछि फेरि यो मामिला शान्त भयो । अब तनुश्रीको नयाँ पोस्टलाई लिएर नाना पाटेकरले के कारबाही गर्छन त्यो हेर्नु छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.