यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ।
यस्तैगरी युरो १ को खरिददर १२९ रुपैयाँ २४ पैसा र विक्रीदर १२९ रुपैयाँ ८५ पैसा तोकेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४३ पैसा र विक्रीदर ८८ रुपैयाँ ८५ पैसा रहेको छ।
जापानी येन १० को ९ रुपैयाँ ४९ पैसा रहेको छ। विक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ। यस्तै, चइनिज युआन १ को १८ रुपैयाँ ७८ पैसा विक्रीदर १८ रुपैयाँ ८७ पैसा रहेको छ।
कतार रियाल १ को ३४ रुपैयाँ ३७ पैसा रहेको छ। विक्रीदर ३४ रुपैयाँ ५४ पैसा रहेको छ। साउदी अरब रियाल १ को खरिददर ३३ रुपैयाँ ६८ र विक्रीदर ३३ रुपैयाँ ८४ पैसा रहेको छ।







डिसी नेपाल








Facebook Comment