खल्तीबाट राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम भुक्तानी गर्न सकिने
काठमाडौँ। खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थान सँग सहकार्य गरेको छ। राष्ट्रिय बीमा संस्थान नेपालको एक विश्वसनीय बीमा प्रदायकको रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो। खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन्।
उपभोक्ताले बिमा तिर्न खल्ती एपमा रहेको क्ष्लकगचबलअभ मा गई राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ। मागिएको विवरण भरि प्रिमियम भक्तानी प्रकृयालाई पुरा गर्न सकिन्छ।
यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,’राष्ट्रिय बीमा संस्थानको भुक्तानी सुविधा खल्तीमा समेट्नु हाम्रो लागि एक प्रभावकारी उपलब्धि हो। यस सहकार्यबाट प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा फाईदा हुने साथै बिमा शुल्क सङ्कलन अझै सरल र प्रभावकारी बन्ने कुरामा हामी बिश्वस्त छौं।’
प्रयोगकर्ताले रु. ५,००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।
भर्खरै स्टार्ट–अप सक्सेस अवार्डबाट सम्मानित, खल्ती आफ्नो सेवाको छैठौं वर्षमा छ। नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ। देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार + एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।







डिसी नेपाल








Facebook Comment