चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, कुनको मूल्य कति ?

डिसी नेपाल
१५ साउन २०७९ १३:००
236
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आइतबारको कारोबारमा नेपाल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य बढेर सर्किट लागेको हो।

युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने बाँकी सबै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ।

नेपाल इन्स्योरेन्सको सेयर मूल्य ४७ रुपैयाँले बढेर ५ सय १७ रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य ४१ रुपैयाँ ५० पैसाले बढेर ४ सय ५६ रुपैयाँ ५० पैसा, प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य ३९ रुपैयाँले बढेर ४ सय २९ रुपैयाँ पुगेको छ।

यस्तै, युनाइटेड इन्स्योरेन्सको सेयर भाउ ३९ रुपैयाँ १० पैसाले बढेर ४ सय ३४ रुपैयाँ पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.