हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९१ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ९३ पैसा र बिक्री दर १५४ रुपैयाँ ६६ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३८ पैसा र बिक्री दर ८८ रुपैयाँ ८० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ३५ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५० पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १८ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६८ पैसा र बिक्री दर ३४ रुपैयाँ ८४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment