बाढीपहिरोले सडक बगाउँदा बेंसिसहर-चामे सडक अवरुद्ध

डिसी नेपाल
१६ साउन २०७९ १६:२१
20
Shares

लमजुङ।आइतबार राति वर्षासँगै आएको बाढीपहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसिसहर-चामे सडक अवरुद्ध भएको छ। डुम्रे-बेंसीसहर(चामे सडक योजनाका सबइन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबजार, घोप्टेभीर र कोतोमा पहिरोले सडक बगाएपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

पहिरोले सडक बगाएपछि चामेको कोतोमा मानिससमेत वारपार गर्न समस्या भएको अधिकारीले बताए । उनका अनुसार कोतोमा २० मिटर जति सडक बगाएको छ। बाढीपहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ रामबजार नजिकै घोप्टेभीरमा र मनाङको कोतोमा क्षति पुगेकाले बेंसीसहर(चामे सडक अवरुद्ध भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *