नारायणगढ-मुग्लिङ सडक खण्डमा फेरि पहिरो, यातायात अवरूद्ध
फाइल फाेटाे।
चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा फेरी पहिरो जाँदा सयौं सवारी साधान रोकिन पुगेका छन्। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति पुन: पहिरो खसेपछि पुर्व पश्चिमतर्फ लागेका सयौं सवारी साधान रोकिन पुगेका हुन्।
पहिरोस्थललगायत आसापासमा रहेका प्रहरीले बस्ति भएको ठाउँमा सवारी साधान पार्किङ गर्न अनुरोध गरेको छ। यात्रुहरुलाई खानपिन, शौंचलगायतमा समस्या नहोस भनेर प्रहरीले सवारी चालकलगायतसँग अनुरोध गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार बुधवार राति साढे २ बजेतिर मौरी खोला पुलमा फेरी पहिरो गएकाले पन्छाउने कार्य भने जारी राखिएको छ।
उनका अनुसार सोमबार राति ११ बजे पनि पहिरो खसे पछि २३ घण्टा पछि मंगलबार राति पौने १० बजे उक्त पहिरो सफा गरेर सवारी खुलाइएको थियो। तर, लगत्तै बुधवार राति पनि सोही ठाउँमा पहिरो गएका कारण सयौं सवारी साधान रोकिन पुगेका छन्।
बुधवार राती खसेको पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति भए पनि थप धनजनको भने क्षति हुन पुगेको छैन्। पहिरोका कारण बाटोमा सोमबार रातिदेखि कै सयौं सवारीहरू अलपत्र अवस्थामा रहेका छन भने पहिरोको जोखिम अझै कायम भएको भन्दै प्रहरीले सवारीहरु बस्ती भएको छेउछाउमै रोक्नका लागि माइकिङ गरेको छ।







डिसी नेपाल








Facebook Comment