सप्तकोसी ३४ वर्षपछि पुरानै धारमा, श्रीलङ्का टापुसहित १० हजार घर डुबानको जोखिममा

डिसी नेपाल
१८ साउन २०७९ १७:०७
732
Shares

सप्तरी । सप्तकोसीले ३४ वर्षपछि पुरानै धार पक्डिएपछि सप्तरी र उदयपुरका दर्जनौ बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएको हो ।

अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाउँबाट कोसी बग्ने गरेको स्थानीयले बताए । ०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियोे ।

कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बसेको थियो । अहिले कोसीले धार बढलेर पुरानै ठाँउमा आएपपछि बसेका बस्ती प्रभावित भएको हो ।

बेलका नगरपालिकाका स्थानीयका अनुसार वडा नम्बर १, २, ३, ४, ८ र ९ का बस्ती बाढीले प्रभावित भएको छ । बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएको उनीहरूको भनाइ छ। नगरपालिकाका अनुसार अहिले बेलकाका करिब १० हजार घर डुबानको जोखिममा छन् ।

बेलका ३ मा मात्र नौ सय घर प्रभावित भएको स्थनीयले बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरेको छ ।

केहीबेरमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्न लागेको र त्यसपछि विद्यालय र सार्वजनिक भवनहरूमा पनि बाढी प्रभावितहरूलाई राख्ने विषयमा छलफल हुन सक्ने अध्यक्ष आचार्यले बताए ।

यस क्षेत्रमा दुई सातादेखि बाढी रोक्न प्रयास गरे पनि बुधवार बिहान करिब ४ बजे सप्तकोसी नदीकोे बाँध फुटेपछि बस्तीमा प्रवेश गरेको हो ।

कोसीको बाढी पस्दा बेलकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरी लगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप र सुनसरीको वराहक्षेत्र नगरपालिकाको ६ र ९ को श्रीलङ्का टापुमा क्षति पुग्ने खतरा रहेको बताइएको छ ।

जोखिममा परेका गाउँका स्थानीयहरू सुरक्षित स्थानको खोजी गर्दै आ–आफ्ना घरमा लत्ताकपडा, चौपायाहरू लिएर निस्केका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.