‘कोइ मिल गया’ फेम अभिनेता मिथिलेश चतुर्वेदीको निधन
काठमाडौं । हिन्दी फिल्मका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । मिथिलेशले अगष्ट साँझ यस संसारलाई सदाका लागि विदा गरेको खबर छ । उनी मुटुको रोगसँग लडिरहेका थिए ।
मिथिलेशले लखनउमा अन्तिम सास लिए। रिपोर्टका अनुसार उनलाई हृदयघात भएको थियो, त्यसपछि उनलाई उपचारका लागि गृहनगर लगिएको थियो । यसको पुष्टि उनका ज्वाईं आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत गरेका छन् ।
मिथिलेशको निधनको खबर आएपछि चलचित्र क्षेत्रमा शोकको लहर छाएको छ । आफ्नो करियरमा मिथिलेश चतुर्वेदीले धेरै ठूला र राम्रा बलिउड फिल्महरूमा काम गरे। उनी सनी देओलको ‘गदर: एक प्रेम कथा’, मनोज बाजपेयीको ‘सत्या’, शाहरुख खानको ‘अशोका’ लगायत ‘ताल’, ‘बंटी और बबली’, ‘क्रिस’ र ‘रेडी’मा देखिएका थिए। तर फिल्म ‘कोई मिल गया’ मा उनको काम सबैभन्दा चर्चित भयो । यस फिल्ममा उनले ऋतिक रोशनको कम्प्युटर शिक्षकको भूमिका निभाएका थिए ।
मिथिलेश त्यही शिक्षक थिए जसले रोहित (ऋतिक रोशन) लाई आफ्नो कक्षाबाट बाहिर निकाल्छन् र आफ्नो बुबासँग कम्प्युटर सिकेर आउन भन्छन्। यो दृश्यले हेर्ने हरेक दर्शकको मन छोयो । मिथिलेश चतुर्वेदीको यो नेगेटिभ क्यारेक्टरलाई पनि निकै रुचाइएको थियो । रोहित (ऋतिक) ले कम्प्यूटर सिकेपछि फ्यानहरूले उनले शिक्षकलाई दिएको जवाफ मन पराए।
केही समयअघि मिथिलेश चतुर्वेदीले तल्ली जोडी नामको वेब सिरिजमा काम पाएको बताइएको छ । यो सिरिजमा उनीसँगै मनिनी डे देखिने भएकी छिन् । बलिउड फिल्मसँगै मिथिलेशले थिएटरमा पनि काम गरे । रंगमञ्चमा उनको योगदानको पनि उच्च प्रशंसा भएको छ । एक महान कलाकार अब हामी माझ रहेनन् ।







डिसी नेपाल







Facebook Comment