प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान प्रस्थान

डिसी नेपाल
२१ साउन २०७९ ०:०९
656
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गरेका छन्। उनी पाँच दिने भ्रमणका लागि नेपाल एयरलायन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका हुन्। नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।

प्रचण्ड शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभल सेयरमनीको उद्घाटन गर्ने कार्यक्रम छ। आइतबार हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रचण्डले आइतबार नै टोकियोमा हुने नेपाली जनप्रगतिशिल मञ्चको नेपाली समुदायहरुबीच समृद्ध नेपालको आधारःआर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार विषयको खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागीता जनाउने छन् ।

जापानमा रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी २५ गते स्वदेश फर्कने सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.