आज बुधबार, कस्तो छ तपाईंको राशिफल?

डिसी नेपाल
२७ फागुन २०८२ ६:०६
396
Shares

मेष : तपाईंका लागि आजको दिन सामान्य छ। व्यापारमा फाइदा भए पनि इज्जत जोगाउन कठिन हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। मन अशान्त बन्नेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ।

वृष : तपाईंको बोली बिक्नेछ। बोल्दा सचेत बन्नुपर्नेछ। राजनीतिमा सफलता मिल्नेछ भने शिक्षामा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुने योग छ। व्यापारमा नाफा होला ।

मिथुन : आज धनलक्ष्मी योग परेकाले सदुपयोग गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। विपक्षी भन्दै आएका साथीबाट सहयोग पुग्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आजको निर्णय दीर्घकालसम्म रहनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीको साथ मिल्नेछ। परिवारबाट सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। पश्चिमको लामो यात्रा नगर्नु उपयुक्त हुनेछ।

सिंह : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्नेछ। परिवारको सल्लाह अनुसार अगाडि बढ्नुपर्ने समय छ। व्यापारमा लगानी गर्दा सचेत बन्नुपर्ने समय छ।

कन्या : शिक्षामा गरेको लगानीमा थप मिहिनेत गर्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

तुला : दिन राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षाबाट विशेष आम्दानी हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाम र दाम मिल्नेछ। परिवारसँग रमाइलो भेटघाटको अवसर मिलेको देखिन्छ।

धनु : आज दिन सामान्य छ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। तपाईंले गरेको मिहिनेतको फल अरुले लिनेछन्। परिवारमा खटपटी बढ्नेछ। अरु काममा सक्रिय हुँदा स्वास्थ्यमा भने समस्या आइपर्ने जोखिम छ।

मकर : रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी साथीको सहयोगमा तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुदृढ रहनेछ।

कुम्भ : सानो कुराले मनमा आक्रोश बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। धार्मिक कुरामा विश्वास नहुने जोखिम कम गर्न बिहान उठेर शिवजीको भजन सुन्नु उपयुक्त हुनेछ। संकटको समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। खर्च भए पनि इज्जत बढ्नेछ। व्यापारमा गरेको साझेदारीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट पाउने पुरस्कारले मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *