आजको दिन तपाईंको भाग्य कस्तो छ?

डिसी नेपाल
१६ कार्तिक २०८३ ६:१९
4
Shares

दिनको सुरुवातसँगै ग्रह र नक्षत्रको चालले तपाईंको जीवनका विभिन्न क्षेत्रमा पार्ने प्रभाव यहाँ प्रस्तुत गरिएको छ। चन्द्रमाकोस्थितिका आधारमा आजको दिन तपाईंको कस्तो रहनेछ, पढ्नुहोस् आजको राशिफल:

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन सामान्य नै रहनेछ। हरेक कार्यमा केही अवरोध आउन सक्ने भएकाले दृढ निर्णय क्षमताको आवश्यकता देखिन्छ। मनमा अनावश्यक खटपटी भए पनि वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ भने परिवारकोपूर्ण सहयोग प्राप्त हुनेछ।

  • वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिन अत्यन्त अनुकुल र राम्रो छ। शिक्षामा गरिएको लगानीले फाइदा पुर्‍याउनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने तथा सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। व्यापार तथा अन्य व्यवहार गर्दा भने सचेत भएर अगाडि बढ्नु लाभप्रद हुन्छ।

  • मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मनमा उत्साह र उमङ्ग छाउनेछ। सानातिना योजनालाई थाती राखेर ठूला तथा दीर्घकालीन कामको थालनी गर्नु लाभदायक हुनेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा प्रगतिको योग छ। समयको सदुपयोग गरेर अगाडि बढ्नुहोस्।

  • कर्कट (हि, हु, हे, হো, डा, डि, डु, डे, डो): आजको दिन तपाईंको पक्षमा रहनेछ। लामो तथा रमाइलो यात्राको योग छ। शिक्षामा सफलता मिल्नुका साथै परिवारसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। लगानी गरेको क्षेत्रबाट सन्तोषजनक नाफा आर्जन हुनेछ।

  • सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन सामान्य प्रकृतिको छ। खर्चमा वृद्धि हुन सक्ने भएकाले कुनै पनि निर्णय गर्दा गम्भीर भएर सोच्नुहोला। अग्रज व्यक्तिको सुझाव अनुसार अगाडि बढेमा लाभ मिल्नेछ। परिवारको साथ लिएर काम गरेमा कठिनाइहरू सहज हुनेछन्।

  • कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): दिन उत्तम छ। लामो समयदेखि रोकिएका अधुरा कामहरूले गति लिनेछन्। व्यापार-व्यवसाय र वैदेशिक क्षेत्रको लगानीबाट मनग्गे लाभ तथा उत्साह मिल्नेछ। प्रेम सम्बन्ध गाढा बन्नेछ, तर व्यवहार गर्दा मर्यादाको ख्याल राख्नुहोला।

  • तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन सुखी र सुखद रहनेछ। आफन्त तथा इष्टमित्रबाट पूर्ण सहयोग मिल्नेछ। लगानीका अनेकौं अवसरहरू प्राप्त हुने भएकाले राम्ररी विचार पुर्याएर मात्र कदम अगाडि बढाउनु बुद्धिमानी हुनेछ। प्रेम जीवन सुमधुर रहनेछ।

  • वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पठनपाठन र बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ। तपाईंको लगानी र श्रमको उचित मूल्यांकन हुने दिन छ। कुनैपनि महत्त्वपूर्ण काम पूर्ण नभएसम्म आफ्नो योजना गोप्य राख्नुपर्छ। संकटको समयमा परिवारको दरिलो साथ मिल्नेछ।

  • धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): यात्राका क्रममा सावधानी अपनाउनु आवश्यक छ। तपाईंको मान र मर्यादाले समाजमा उच्च स्थान दिलाउनेछ। कडा प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। लगानीका अवसरहरूको भरपुर सदुपयोग गर्नुहोस्, प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ।

  • मकर (भो, जा, जि, जु, जे, गा, गि): दिन फलदायी र राम्रो छ। मनमा रहेका अनावश्यक चिन्ता र तनाव हटेर जानेछन्। सन्तान सुख प्राप्त हुनेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा संलग्न भएमा दिन अझ बढी सहज र शान्त बन्नेछ। पारिवारिक मेलमिलाप कायम रहनेछ।

  • कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रतिस्पर्धीहरू बढ्न सक्नेछन्, तर कडा प्रतिस्पर्धामा सहभागी भएर विजय प्राप्त गर्ने योग छ। कृषि तथा पशुपालन क्षेत्रको लगानीबाट विशेष फाइदा हुनेछ। वैदेशिक लगानी र शैक्षिक क्षेत्रको नतिजाले मन प्रसन्न बनाउनेछ।

  • मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन अनुकूल र राम्रो छ। दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने उपयुक्त समय हो। ‘कम बोल्नु र धेरै मिहिनेत गर्नु’ आजको सफलताको मन्त्र बन्नेछ। शिक्षामा सफलता र सामाजिक क्षेत्रमा सेवा गर्ने सुअवसर प्राप्त हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *