पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

डिसी नेपाल
१६ कार्तिक २०८३ ७:०३
16
Shares

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।

उक्त प्रणालीका कारण हाल देशभर आंशिक बदलीको अवस्था रहेको छ भने दार्चुला, बझाङ र हुम्लाका एक-दुई स्थानमा हल्का वर्षाका साथै हिमपात भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसका साथै लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा समेत हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।

यसैगरी आज राति देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भूभाग, काठमाडौं उपत्यका तथा खोँचहरूमा भने बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *