सोमबार नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै, समसामयिक राजनीतिबारे छलफल हुने
काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहान ८:३० बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।
बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति तथा संसदीय गतिविधिबारे गहन छलफल हुने जनाइएको छ।
सभापति गगनकुमार थापाले सरकारको कार्यशैली र सञ्चालन प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको भोलिपल्टै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। बैठकमा सरकारको भूमिका र भावी रणनीतिबारे सांसदहरूबिच छलफल हुने अपेक्षा गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment