आकाशे पुल निर्माणका लागि पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

डिसी नेपाल
१५ कार्तिक २०८३ १४:२३

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्ड सोमबार (कात्तिक १६ गते) तीन घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा निर्माण भइरहेको आकाशे पुल (पैदलयात्री ओभरहेड ब्रिज) जडान तथा सडक स्तरोन्नतिको कामलाई सुरक्षित रूपमा सम्पन्न गर्न राजमार्गमा सवारी आवागमन रोक्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै सोमबार बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म राजमार्गमा दुवैर्फका सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

सडक बन्द रहने अवधिभर काठमाडौंतर्फ आउने र काठमाडौंबाट मुग्लिनतर्फ प्रस्थान गर्ने सवारी साधनहरूलाई सुरक्षित स्थानमा रोकिनेछ। यात्रामा निस्कने यात्रु तथा सवारी चालकहरूलाई यात्रा समय समायोजन गर्न वा सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले अनुरोध गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *