मौसम खुलेसँगै खचाखच पृथ्वी राजमार्ग [तस्बिरहरू]
धादिङ । मौसममा सुधार आएसँगै देशकै प्रमुख आवतजावतको माध्यम मानिने पृथ्वी राजमार्गमा सवारी साधनको चाप ह्वात्तै बढेको छ।
मौसम सफा भएसँगै संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडक र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्डमा साना–ठूला सवारी साधनको ओहोरदोहोर अत्यधिक बढेको छ।
मौसम खुलेपछि यात्रुहरू ढुक्क भएर यात्रामा निस्किएका छन् भने राजमार्ग छेउछाउमा सवारी कुरेर बसेका यात्रुहरू पनि प्रशस्तै देखिन थालेका छन्।
राजमार्गमा निजी तथा हलुका सवारीसाधन, यात्रुवाहक बस तथा मालवाहक ट्रकहरू साविकभन्दा बढी सङ्ख्यामा सञ्चालन भइरहेका छन् भने दुईपाङ्ग्रे सवारीचालकहरू पनि सहज रूपमा आफ्ना गन्तव्यतर्फ लागिरहेका छन्।
तस्बिरहरू: शंकर श्रेष्ठ/ नेपाल न्युज बैंक













No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment