रास्वपाद्वारा विभिन्न उपसमिति गठन तथा वडाध्यक्ष र सदस्यका लागि आवेदन खुला

डिसी नेपाल
१५ कार्तिक २०८३ ९:५६
12
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’अन्तर्गत विभिन्न उपसमितिहरू गठन गरेको छ।

पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो।

उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन समिति सदस्यहरूको संयोजकत्वमा सातवटा उपसमितिहरू गठन गरिएका छन्।

जसमा क्यान्डिडेट क्लबको संयोजकत्व कविन्द्र बुर्लाकोटी, प्रविधिको सुशान्त वैदिक, गुनासो समन्वयको जनकसिंह धामी, समावेशिता तथा महिला सहभागिताको डा. तोशिमा कार्की, क्षमता विकास समन्वयको टासी ल्हाजोम, व्यवस्थापनको रहबर अनसारी र प्रचारप्रसार उपसमितिको संयोजकत्व मिलन लिम्बूले सम्हाल्ने भएका छन्।

यसैगरी, बैठकले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदहरूमा रास्वपाका तर्फबाट उम्मेदवारी दिन इच्छुक र योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको पार्टीका प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *