अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा, पहिरो र लेदो पन्छाएपछि यातायात सुचारु

डिसी नेपाल
१५ कार्तिक २०८३ २०:३९

बनेपा। अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा यातायात सञ्चालनमा आएको छ। विभिन्न स्थानमा खसेको पहिरो र लेदो पन्छाएपछि आज बेलुकादेखि राजमार्ग पुनः सुचारु भएको हो।

शुक्रवार र शनिवार परेको लगातारको वर्षाका कारण चौकीडाँडादेखि नेपालथोकसम्मका विभिन्न खण्डमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएका कारण शनिवार बिहानदेखि यातायात पूर्ण रूपमा अवरुद्ध बनेको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आइतबार बिहानैदेखि डोजर, सुरक्षाकर्मी तथा प्राविधिक टोली परिचालन गरी पहिरो हटाउने काम तीव्र पारिएको थियो।

विशेष गरी रोशी गाउँपालिका-९ पिन्थलीमा खहरे खोलाले बगाएर ल्याएको ढुङ्गा-माटो र वडा नं ८ गिम्दीबेँसीमा खसेको पहिरो हटाएपछि राजमार्गमा सवारीसाधन आवागमन पुनः सुचारु भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *