एनपीएलः तृतराजको अर्धशतकमा जनकपुरद्वारा पोखरालाई १४८ रनको लक्ष्य

डिसी नेपाल
१५ कार्तिक २०८३ २०:०३

काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो।

जसमा तृतराज दासले अर्धशतकीय पारी खेल्दै ६१ रनको योगदान गरे। तृत जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौं खेलाडी समेत बनेका छन्। यस्तै अभिषेश तिवारीले २४, मोइन अलीले २१ रन बनाए। पोखराका सकिब अल हसनले ३,चमिका करूणारत्नेले २ विकेट लिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *