देउवा पक्षको नेविसंघ अध्यक्षमा श्रृजना मल्ल मनोनीत, ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन
काठमाडौं। नेपाली कांग्रेस देउवा पक्षले नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को अध्यक्षमा पर्वतकी श्रृजना मल्ललाई मनोनीत गरेको छ।
देउवा पक्षद्वारा गठित १५ औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले कात्तिक १२ गते मल्ललाई अध्यक्ष पदमा मनोनयन गर्दै ६ महिनाभित्र संघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी सुम्पेका हुन्।
यसअघि संयोजक कोइरालाले नेपाल तरुण दलको अध्यक्षमा काभ्रेका दिल लामालाई मनोनीत गरिसकेका छन्।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन आयोजना गर्ने तय गरेको छ। सोही महाधिवेशनलाई लक्षित गर्दै भ्रातृ संस्थाहरूलाई पूर्णता दिन र संगठन सुदृढ बनाउन मनोनयन प्रक्रियालाई तीव्रता दिइएको हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment