जनकपुर बोल्ट्सको अर्को जित, पोखरा लगातार दोस्रो खेलमा पराजित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आइतबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछाएको पोखराले २० ओभरमा ९ विकेट गुमाउदै १३८ रन बनाएको थियो।
पोखराका लागि कप्तान कुशल भुर्तेलले ३५ रन बनाए भने विपिन आचार्यले २०, विपिन खत्रीले १७ र किरण ठगुन्नाले १५ रन बनाएका थिए।
त्यस्तै जनकपुरका बलर मोईन अलीले ३, कप्तान हरमित सिंह र सैफ हसनले २-२ तथा ललित राजबंशी र जिम्मी निशामले एक एक विकेट लिएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। जनकपुरका लागि तृतराज दासले सर्बाधिक ६१ रन बनाएका थिए भने अभिषेक तिवारीले अविजित २४ रन बनाएका थिए भने मोइन अलीले २१ र जिम्मी निशामले ११ रन बनाएका थिए। त्यसैगरी, पोखराका बलर शकिब अल हसनले ३ विकेट र चामिका करुनारत्नेले २ विकेट लिए भने मोहमद सैफुद्दीन र मेहदी हसनले एक एक विकेट लिएका थिए।
यो जनकपुरको तेस्रो खेलमा दोस्रो जित हो भने पोखराले जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment