आजको राशिफल: ग्रहगोचर र राशिको आधारमा कस्तो छ तपाईंको दिन ?

डिसी नेपाल
१३ कार्तिक २०८३ ६:२०

काठमाडौं। आज वि.सं. २०८३ कार्तिक १३ गते, शुक्रबार। आजको दिन कुन राशिका लागि कस्तो रहनेछ त ? ज्योतिषीय ग्रहमण्डलका आधारमा १२ वटा राशिको दैनिक राशिफल यसप्रकार रहेको छ :

मेष आजको दिन तपाईंको लागि राम्रो रहनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ भने उपचाररत व्यक्तिको स्वास्थ्यमा उल्लेखनीय सुधार आउनेछ। परिवारको साथ र सहयोगले महत्त्वपूर्ण कामहरू बन्नेछन्। साथै, प्रेम सम्बन्ध पनि सुमधुर बन्ने योग छ।

वृष दिन निकै अनुकूल र राम्रो छ। आर्थिक लाभ हुने तथा राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने सम्भावना छ। परिवारसँग रमाइलो पल बिताउने अवसर मिल्नेछ। शिक्षामा प्रगतिका साथै मन मिल्ने साथीको साथले उत्साह थप्नेछ।

मिथुन आजको दिन सामान्य रूपमा बित्नेछ। बोल्दा विशेष सचेत हुनुपर्ने समय छ। शिक्षा क्षेत्रमा सफलता हासिल गर्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ। यात्राका क्रममा खर्च बढ्न सक्छ भने आफ्नो श्रमको उचित मूल्य भने प्राप्त हुनेछ।

कर्कट आजको दिन निकै सावधानीपूर्वक काम गर्नुपर्ने दिन छ। सोचेका कामहरू समयमा नबन्दा मनमा निराशा थपिन सक्छ र खर्च पनि बढ्नेछ। यद्यपि, अप्ठ्यारो वा संकटको समयमा परिवारको पूर्ण साथ र सहयोग प्राप्त हुनेछ।

सिंह दिन समग्रमा राम्रो र फलदायी छ। आज तपाईंका अधुरा कामहरू बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ भने जीवनका हरेक क्षेत्रमा प्रगतिको बाटो खुल्नेछ। आफन्तजनको साथ र सहयोग मिल्नेछ।

कन्या आज तपाईंको कुंडलीमा ‘धनलक्ष्मी योग’ परेको छ, यसको उचित सदुपयोग गर्नुहोला। विपक्षी र परिवारको साथले महत्त्वपूर्ण कामहरू सम्पन्न हुनेछन्। शिक्षा क्षेत्रमा नयाँ कामको थालनी हुनेछ भने कुनै बौद्धिक व्यक्तित्वसँग भेटघाट हुने योग छ।

तुला आजको दिन सामान्य रहनेछ। सोचेका कामहरू समयमा नबन्ने र जोखिम मोल्नुपर्ने अवस्था आउन सक्छ। खर्च बढ्ने तथा प्रेम सम्बन्धमा मनमुटाब बढ्ने खतरा रहेकाले कुनै पनि काम गर्दा गहिरिएर र सोचेर मात्र अगाडि बढ्नु उचित हुनेछ।

वृश्चिक दिन सामान्य किसिमको छ। आफन्तबाट अपेक्षित सहयोग नपाउन सकिन्छ। शिक्षामा सफलता पाउन थप मिहिनेत गर्नुपर्ने देखिन्छ। आज बिहानै कुनै धार्मिक कार्य वा पूजापाठ, दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

धनु दिन राम्रो र उत्साहजनक छ। शिक्षामा गरेको मिहिनेतको पूर्ण फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। यद्यपि, कुनै पनि लामो वा छोटो यात्रा गर्दा भने विशेष सचेत बन्नुपर्ने दिन रहेको छ।

मकर आजको दिन तपाईंको पक्षमा रहनेछ। समाजमा मानसम्मान प्राप्त हुनेछ भने गरिएको मिहिनेतबाट राम्रो धन आर्जन गर्न सकिनेछ। व्यापारमा फाइदा हुनुका साथै शिक्षामा प्रगति हुने योग छ। यद्यपि, घरपरिवारभित्र भने सानोतिनो विवाद वा झगडा हुन सक्ने1 खतरा रहेकाले सावधानी अपनाउनुहोला।

कुम्भ आजको दिन स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय छ। सकेसम्म अनावश्यक यात्राबाट टाढै रहनु राम्रो हुन्छ। कुनै धार्मिक वा सामाजिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा तपाईंका हरेक काम सफल बन्नेछन्। प्रेम सम्बन्धमा भने केही उतारचढाव आउन सक्छ।

मीन आजको दिन सामान्य रहनेछ। सोचेका कामहरूमा विभिन्न अवरोधहरू सिर्जना हुन सक्छन्। शरीरमा आलस्य वा सामान्य पीडा बढ्ने जोखिम छ। आज कुनै विशेष कुरामा जिम्मेवारीको बोध हुनेछ भने मानिसहरूसँग व्यवहार गर्दा विशेष सचेत हुनुपर्ने समय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *