करेन्ट लागेर कोहलपुरमा एक युवतीको मृत्यु

डिसी नेपाल
२२ साउन २०७९ १८:५८
52
Shares

नेपालगन्ज । कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.