एकैदिन १ हजार ९० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९० जना कोरोना संक्रमित थपिएका छन् छ भने दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९५८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५६० तथा ३ हजार ३४२ एन्टिजेन विधिबाट ५३० जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ४३८ जना कोरोना मुक्त भएका छन् । आज थपिएकासँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment