नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै
नयाँ दिल्ली। मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज बुधबार पुनः मुख्यमन्त्रीको सपथ लिने भएका छन्। उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए।
उनले भाजपाबाहेक जेडीयू र अन्य ससना दलहरुको सहयोगमा बन्ने महागठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्ने प्राप्त विवरणहरुमा जनाइएको छ। ९ वर्षमा दोस्रोपटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन्। आफ्ना पार्टीका सांसदहरुसँगको छलफलपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन्।
नितिश कुमारको जनता दल युनाइटेड र बीजेपीले २०२० बिहार विधानसभा चुनाव सँगै लडेका थिए। कम सिट पाएर पनि भाजपाले नितिश कुमारलाई मुख्यमन्त्री बनाएको थियो। त्यसयता दुई पक्षबीच झगडा चलिरहेको थियो । दुवै दलका नेताहरुले पनि धेरै विषयमा फरक–फरक अभिव्यक्ति दिएको देखिएको छ । अब भाजपासँग जेडीयूको गठबन्धन टुटेको छ ।
स्रोतका अनुसार जेडीयू बैठक सकिएको छ। बैठकमा जेडीयूले भाजपासँगको गठबन्धन तोड्ने निर्णय गरेको छ। बैठकमा जेडीयूका विधायक, सांसद र नेताहरूले नितिश कुमारलाई आफूहरी उनीसँगै रहेको बताएका छन्। नितिश कुमारले जे निर्णय लिनेछन्, सबै सँगै हुनेछन् ।
अर्कोतर्फ, महागठबन्धनको बैठकमा, राष्ट्रिय जनता दलका विधायक, एमएलसी र राज्यसभा सांसदहरूले तेजस्वी यादवलाई निर्णय लिन अधिकार दिएका छन्। यस क्रममा सबै नेताहरुले आफू तेजस्वीको साथमा रहेको बताएका छन्। उता कांग्रेस र वाम दलका विधायकहरुले पनि तेजस्वी यादवलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
यससँगै अभ बिहारमा भाजबालाई बाहिर राखेर २ तिहाइको सरकार बन्ने भएको छ। बिहार विधानसभामा कूल २४३ सिटमध्ये आरजेडी, जेडियु, कांग्रेस, बामपन्थी पार्टीसहित कूल १६४ सांसद हुनेछन् । विपक्षमा भाजपाका ७७ सांसद मात्र हुनेछन्। असदुदिन ओवेसीको एआइएमआइएमका एसमात्र सांसद तटस्थ छन् र १ सिट रिक्त छ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले चार बजे राज्यपाललाई भेट्ने बताइएको छ। नितिश कुमारको जेडीयू र आरजेडीमा सरकार गठनको सूत्रमा छलफल भइरहेको बताइएको छ । राजद नेता तेजस्वी यादवले गृह मन्त्रालय मागेका छन् । योसँगै तेज प्रतापले पनि सरकारमा स्थान पाउन सक्छन् ।







डिसी नेपाल








Facebook Comment