चर्चित टिभी स्टारले ट्याक्सी ड्राइभरले गाडीमा आफ्नो यौन शोषण गरेको खुलासा गरिन्
काठमाडौं । एक टिभी स्टारले इन्स्टाग्राममा दर्दनाक कथा शेयर गरेकी छिन् । रियालिटी टिभी स्टारले आफू एक यात्राको क्रममा निद्रामा परेको बताइन् । यसैको फाइदा उठाउँदै ट्याक्सी चालकले पछाडिको सिटमा पुगेर यौन शोषण गरेका थिए ।
वास्तवमा, रियालिटी शो लभ आइल्याण्डकी स्टार मौरा हिगिन्सले इन्स्टाग्राम स्टोरीमा आफ्ना फ्यानहरूसँग प्रश्नोत्तर सत्र गरिरहेकी थिइन्। यसै क्रममा एक फ्यानले उनलाई पुरुषसँगको सबैभन्दा खराब अनुभवको बारेमा सोधे ।
३१ वर्षीया मौराले आफ्नो सबैभन्दा नराम्रो अनुभव बाँड्दै भनिन्, ‘मैले अहिलेसम्मकै खराब अनुभव कसैलाई भनेकी थिइनँ र मलाई लाग्छ म अझै त्यसका लागि तयार छैन । मलाई लाग्छ कि मसँग भएको सबैभन्दा डरलाग्दो कुरा थियो।’
रियालिटी शो स्टारले भनिन्- ‘धेरै पहिले आयरल्याण्डमा ट्याक्सी चालकसँग एउटा घटना भएको थियो । म बेवकूफ थिएँ, म निदाएँ।’
मौराले थप भनिन्–म निदाएकी थिएँ । मेरा साथीहरू मभन्दा अगाडि नै ओर्लिसकेका थिए र म ट्याक्सीमा एक्लै छोडिएँ। किनकी म त्यो बेला एक्लै बस्ने गर्थे । निद्राको फाइदा उठाउँदै ट्याक्सी चालकले पछाडिको सिटमा आएर यौन शोषण गरेका थिए । मलाई तुरुन्तै होश आयो… मैले तुरुन्तै उसको ट्याक्सी नम्बर सम्झे र भोलिपल्ट पनि याद थियो।’
रियालिटी स्टारले घटनाबारे थप केही खुलाएकी छैनन् । घटनाबारे आफूले रिपोर्ट गरेको वा नगरेको उनले खुलाइनन् ।
मौरा सन् २०१९ को लभ आइल्याण्डको सिजनमा चर्चामा आएकी थिइन् । उनी आफ्नो पूर्व प्रेमी कर्टिस प्रिचार्डसँग रियालिटी शोको यो सिजनमा चौथो स्थानमा पुगिन्। शो छोडेपछि, उनले धेरै ब्रान्डहरूसँग सम्झौता गरिन्।
मौरालाई इन्स्टाग्राममा ३५ लाखभन्दा बढीले फलो गरेका छन् । आयरिश मिररको रिपोर्ट अनुसार मौराको कुल सम्पत्ति करिब १० करोड रुपैयाँ रहेको छ ।







डिसी नेपाल







Facebook Comment