चर्चित कमेडियन राजु श्रीवास्तवको अवस्था अत्यन्तै नाजुक, एम्समा भेन्टिलेटर सपोर्टमा राखियो

डिसी नेपाल
२६ साउन २०७९ १०:४७
3.8k
Shares

काठमाडौं । चर्चित हास्य कलाकार राजु श्रीवास्तवको अवस्था निकै नाजुक रहेको बताइएको छ । जानकारीका अनुसार उनलाई एम्समा भेन्टिलेटर सपोर्टमा राखिएको छ । उनको अवस्था नाजुक बन्दै गएपछि उनलाई पहिले इमर्जेन्सी मेडिसिन विभागमा चिकित्सकको निगरानीमा राखिएको थियो । पछि सीसीयु (कार्डियाक केयर युनिट) मा भर्ना गरियो।

उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष राजु श्रीवास्तव (५८ वर्ष)लाई ट्रेडमिलमा दौडिरहेको बेला हृदयघात भएको थियो । उनको छातीमा एक्कासी पीडा भयो र उनी ढले । यसपछि राजु श्रीवास्तवलाई उनको जिम ट्रेनरले तुरुन्तै अस्पताल लगेका थिए ।

प्राप्त जानकारी अनुसार राजु श्रीवास्तवको एन्जियोग्राफी गरिएको थियो जसमा ठूलो भागमा शतप्रतिशत ब्लक भेटिएको थियो । उनको अवस्था अहिले निकै नाजुक रहेकोले भेन्टिलेटरमा राखिएको चिकित्सकहरुले बताएका छन् ।

एम्स स्रोतका अनुसार इमर्जेन्सी मेडिसिन विभागका डाक्टरहरूको टोलीले उनलाई रिकभर गरेको हो। त्यसपछि उनलाई कार्डियक केयर युनिटमा भर्ना गरिएको थियो । उनको अवस्था चिन्ताजनक रहेको स्रोतले जनाएको छ ।

राजुका पीआरओ अजितका अनुसार हास्यकलाकार पार्टीका केही ठूला नेताहरुलाई भेट्न दिल्ली गएका थिए । बिहान जिम गए, जिम गर्दागर्दै हृदयघात भयो ।

टिभी जगतका चर्चित अनुहार राजु राजु श्रीवास्तव धेरै लोकप्रिय टिभी कार्यक्रमको हिस्सा भइसकेका छन् । राजु श्रीवास्तव देशका उत्कृष्ट हास्य कलाकारहरूमा गनिन्छन्। राजु श्रीवास्तव ‘बिग बोस’, ‘शक्तिमान’, ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’, ‘कमेडी सर्कस’ र ‘द कपिल शर्मा शो’ मा देखिएका छन्।

यसका अलावा राजु श्रीवास्तव अरु पनि धेरै शोमा देखा परेका छन् । राजु श्रीवास्तवको अवस्था नाजुक भएपछि उनका फ्यानहरु निकै तनावमा परेका छन् । साथै उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.