रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न

डिसी नेपाल
२६ साउन २०७९ १२:२१
68
Shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफनो वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुने वार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ। रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको बीचमा सम्पन्न भएको हो।

यो सम्मेलन विशेष गरी कम्पनीको आगामी १ वर्षभित्र गनपर्ने कामहरु, कम्पनीको व्यापारिक धारणा, विभिन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार विस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्तरक्रिया भएको थियो।

रिलायन्स लाइफ इन्स्योरेन्सको देशभर रहेका १२४ शाखा र केन्द्रिय कार्यालयबाट चितवनमा जम्मा प्रतिनिधिहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतराकेश पोखरेलले स्वागत गर्दै कम्पनीको लागि उच्च व्यवसायिक बिचार र लक्ष्य बोकेर एकै उदेश्यका लागि हामी यहाँ एकै ठाउँमा भेला भई आगामी बर्षको योजनामा गहन छलफल र सझाव कम्पनीको आगामी व्ययसायिक रणनीतिको लागि एक कोषेढुङ्गा हुने बताए । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले कम्पनीको आगामी व्यवसायिक रणनीति र विगत बर्षको व्यवसायिक समीक्षा गरेका थिए।

दुइदिनसम्म संचालन भएको सो बार्षिक राष्ट्रिय सम्मेलनमा वर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रिय कार्यालय साथै बिभिन्न व्यवसायिक उपलब्धि को आधारमा समेत सम्मान गरिएको थियो र सो कार्यक्रमको अन्तिम दिन कम्पनीका रिलायन्स साथीहरुलाई व्यवसायिक उपलब्धिको आधारमा सम्मान एवं पुरस्कृत गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.