अध्यागमनले कुवेत जान लागेका पाँच महिलालाई प्रहरीको जिम्मा लगायो
काठमाडौं । अध्यागमन कार्यालयले भिजिट भिसामा कुवेत जान लागेका पाँच महिलालाई अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको छ । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो ।
उनीहरूको शैक्षिक योग्यताको प्रमाणपत्र तथा नाता प्रमाणीकरणलगायतका कागजातहरू प्रारम्भिक छानबिनमा शंकास्पद देखिएपछि अध्यागमन कार्यालयले फिर्ता गरी प्रहरीको जिम्मा लगाएको स्रोतले जनाएको छ । विमानस्थल प्रहरीले ती कागजपत्र छानबिन गर्न पाँचैजनालाई गौशाला वृत्तमा पठाएको हो ।
पक्राउ पर्नेहरूमा पर्वतकी अन्जु बोहोरा, धादिङकी माया तामाङ, झापाकी सोमी धिमाल, दाङकी पार्वती सार्की र बर्दियाकी करुवासिंह ठकुरीलाई अनुसन्धान गरिरहेको गौशाला वृत्तले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment