दोस्रो दिन आमिर खानको फिल्मको कमाइमा भारी गिरावट

डिसी नेपाल
२८ साउन २०७९ १०:५७
2.2k
Shares

काठमाडौं । आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ रिलिजपछि सर्वत्र चर्चामा छ । दर्शक र समीक्षकको मिश्रित प्रतिक्रिया पाएपछि अब दोस्रो दिनको कमाईको तथ्यांक सार्वजनिक भएको छ । लाल सिंह चड्डाको बक्स अफिस कलेक्शन रिपोर्ट राम्रो नभएको भन्नु पर्छ ।

आमिर खानको ‘लाल सिंह चड्ढा’ अक्षय कुमारको फिल्म ‘रक्षा बंधन’सँग भिडेको छ । यस्तो अवस्थामा दोस्रो दिन पनि बक्स अफिसमा दुवै फिल्मको अवस्था नाजुक बनेको छ । पहिलो दिन आमिरको फिल्मले ११ करोड ५० लाख कमाएको थियो । तर दोस्रो दिन पनि यसको आम्दानीमा ठूलो गिरावट आएको छ ।

दुवै चलचित्रलाई राम्रो माउथ पब्लिसिटीको खाँचो रहेको ट्रेड विश्लेषकहरुले बताएका छन् । दोस्रो दिनको कलेक्शनको कुरा गर्दा पहिलो दिनको तुलनामा ‘लालसिंह चड्डा’को कमाई ३५ देखि ४० प्रतिशतले घटेको समाचारमा जनाइएको छ । फिल्मले बक्स अफिसमा दोस्रो दिन ६.५० देखि ७ करोड कमाएको छ ।

यसैबीच अक्षय कुमारको ‘रक्षा बन्धन’को अवस्था पनि खासै राम्रो छैन । बक्स अफिसमा द्वन्द्वका कारण यो फिल्म पहिलेदेखि नै संघर्षरत छ । फिल्म ‘रक्षा बन्धन’ ले पहिलो दिन बक्स अफिसमा ८ करोड २० करोड कमाएको थियो । आमिर जस्तै अक्षयको फिल्मको कमाई पनि पहिलो दिनको तुलनामा ३० प्रतिशतले घटेको छ । यसको दोस्रो दिनको कलेक्सन ५.५० देखि ६ करोड रुपैयाँ रहेको बताइएको छ ।

यि दुवै चलचित्रले दोस्रो दिन बक्स अफिसमा धुलो चाट्दै आएका छन् भने आगामी दिनमा यसको कलेक्शन के होला ? आमिरको फिल्मको बजेटको बारेमा कुरा गर्दा, रिपोर्ट अनुसार ‘लाल सिंह चड्ढा’ करिब १८० करोड भारुमा बनेको छ । यसको बक्स अफिसलाई हेर्दा बजेट कभर गर्न गाह्रो भइरहेको छ ।

अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’को बजेट करिब ७० करोड भारु रहेको बताइएको छ । यो आमिरको फिल्म भन्दा कम छ तर कमाई पनि आमिर खानको फिल्म भन्दा कम छ । यस्तो अवस्थामा यसको बक्स अफिस कलेक्शनलाई लिएर धेरै आशा गर्नु उचित हुनेछैन ।

‘लाल सिंह चड्ढा’लाई अद्वैत चन्दनले निर्देशन गरेका हुन् । र ‘रक्षा बन्धन’ निर्देशक आनन्द एल राईले बनाएका हुन् । दुबै चलचित्रलाई दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । दुवै फिल्मले बक्स अफिसमा संघर्ष गरिरहेका छन् । यी दुवैले आगामी दिनमा केही अचम्मको काम गर्छन् कि गर्दैनन् हेर्नै पर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.