कोरोनाको २६३ जना नयाँ संक्रमित थपिए, दुई जनाको मृत्यु

डिसी नेपाल
२८ साउन २०७९ १५:४६
40
Shares

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको २६३ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५०१ जना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३ हजार १६५ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।

सो अवधिमा १ हजार ३९९ जनाको पीसीआर र १ हजार ७६६ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

बितेको चौबिस घण्टामा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४३४ रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.