शनिबार उपत्यकाबाट १५२ गाडी फोहोर बञ्चरे डाँडा पुर्याइयो
काठमाडौँ । आज काठमाडौं उपत्यकाबाट १५२ वटा फोहोरका गाडीहरु बञ्चरे डाँडा ल्याण्डफिल साइटमा लगिएको छ ।
फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौं महानगरपालिकाका २ वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौंबाट फोहोर बोकेर गएका, रात परेर खन्याउन नपाएका आलेटारनजिक पार्किङ् गरेर राखिएका गाडीहरुमा तोडफोड भएपछि केही दिनदेखि गाडीहरु बञ्चरे डाँडा जान सकेका थिएनन् ।
कुनै अवरोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले जनाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment