धादिङको गल्छीमा भारतीय नम्बरको ट्रेलरले जीपलाई दियो ठक्कर, दुई जनाको मृत्यु

डिसी नेपाल
३१ साउन २०७९ १०:५९
148
Shares

काठमाडौं। धादिङको गल्छी गाउँपालिका-६ चिरौदी पुलमा गएराती भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र परिचालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन्।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छी स्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ।

चितवनबाट काठमाण्डौतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.