५ दिनमा पनि ‘लाल सिंह चड्ढा’को कमाइ ५० करोड पुगेन

डिसी नेपाल
३१ साउन २०७९ ११:५६
172
Shares

काठमाडौं । आमिर खानको फिल्म लाल सिंह चड्ढाले कमाईको हिसाबले निर्माता र फ्यानहरूको अपेक्षा पूरा गर्न सकेको छैन। ११ अगस्टमा रिलिज भएको ‘लाल सिंह चड्ढा’ ले अहिलेसम्म बक्स अफिसमा खासै कमाई गर्न सकेको छैन । सप्ताहन्तमा फिल्मको कमाईमा भएको उछाललाई हेर्दा आमिरको फिल्मले अगस्ट १५ मा राम्रो कमाई गर्ने अपेक्षा गरिएको थियो । तर बिडम्बना, यस्तो हुन सकेको छैन ।

अगस्ट १५ गते विशेष पर्व र बिदाका कारण लालसिंह चड्डाको व्यवसायलाई खासै फाइदा भएको छैन । फिल्मको पाँचौं दिनको कमाईको तथ्यांक सार्वजनिक भएको छ । ट्रेड रिपोर्टका अनुसार लाल सिंह चड्डाले रिलिजको पाँचौं दिन अर्थात् अगस्ट १५ मा मात्रै ८ करोड कमाएको छ । योसँगै फिल्मले अहिलेसम्म ४५ देखि ४६ करोडको कलेक्सन गरेको छ ।

लालसिंह चड्डा ५ दिनमा पनि ५० करोड क्लबमा सामेल हुन सकेको छैन । साताको अन्त्यमा फिल्मको कमाईमा भएको उछाललाई हेरेर फिल्मले ५औं दिनमा ५० करोडको आँकडा पार गर्ने अनुमान गरिएको थियो, तर त्यो हुन सकेन ।

११.५० करोडको कलेक्सनमा लाल सिंह चड्डाले ओपनिङ गरेको थियो । दोस्रो दिन फिल्मको व्यापार सबैभन्दा कमजोर रह्यो । रिलिजको दोस्रो दिन आमिरको फिल्मले ६.५० देखि ७ करोड मात्रै कमाएको थियो । यो कलेक्सन देखेर फ्यानहरुको अपेक्षा पनि टुट्यो । तर सप्ताहन्तको सङ्कलनमा भएको वृद्धिले फ्यानहरूलाई खुसी बनाएको थियो।

शनिबार फिल्मले २० प्रतिशत बृद्धि गर्दै ८.५० करोड कलेक्सन गरेको थियो भने आइतबार फिल्मले १० करोड कमाएको थियो । फिल्मको वीकेण्ड कलेक्सनमा भएको बृद्धिलाई हेर्दा १५ अगस्टमा पनि आमिर खानको फिल्मलाई फाइदा हुने र यस दिन फिल्मले राम्रो कमाइ गर्ने अपेक्षा गरिएको थियो । तर अगस्ट १५ मा फिल्मको कमाईमा गिरावट आएको छ ।

लाल सिंह चड्ढा हलिउडको क्लासिक फिल्म फरेस्ट गम्पको रिमेक हो। फिल्ममा आमिरसँगै करिना कपूर खान पनि मुख्य भूमिकामा छन् । थ्री इडियट्सपछि आमिर र करीना यो फिल्ममा एकसाथ देखिएका छन् । फिल्ममा दुबैले उत्कृष्ट काम गरेका छन् । फिल्ममा आमिरकी आमाको भूमिका निभाएकी मोना सिंहको अभिनयको पनि निकै तारिफ भइरहेको छ । तर कमाईको हिसाबले भने फिल्मले अहिलेसम्म खास केही गर्न सकेको छैन ।

बक्स अफिसमा अक्षय कुमारको फिल्म रक्षाबन्धनसँग आमिर खानको फिल्म लाल सिंह चड्डा भिड्दैछ । बक्स अफिसमा कमाईको हिसाबले संघर्षरत दुवै चलचित्र सुस्त गतिमा अगाडि बढिरहेका छन् । बलिउडका दुई ठूला सुपरस्टारको फिल्मको कम बक्स अफिस कलेक्सन निराशाजनक छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.