स्रोत नखुलेको ३६ लाख र सुन सहित दुई जना पक्राउ

डिसी नेपाल
३१ साउन २०७९ १३:१२
380
Shares

सर्लाही। बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको ३६ लाख रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय बिशाल खत्री रहेका छन्।

उनीहरुको साथबाट २३३ ग्राम २८० मिलिग्राम तौल बराबरको एक थान सुनको सिक्री र एक थान ब्रास्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नयाँरोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२– ०३३ प ७७५० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद तथा सुनसहित फेला पारी पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.