तराईमा चलेको पूर्वीय हावाबाट जाेगिन स्वास्थ्यकर्मीको सुझाव
महोत्तरी। मध्यतराईमा केहिदिनदेखि चैत वैशाखमा जस्ताे पूर्वीय हावा चलिरहेको छ। फागुन, चैतमा जसरी एकनासकाे सुख्खा हावा चल्न थालेछि सर्वसाधारण त्रसित भएका छन्।
बर्दिबास-७ का विजय यादवले यसअघि वर्षायाममा यस्तो बतास अनुभव नगरेकाे बताए । याे हावा स्वास्थ्यकाे लागि निक्कै हानिकारक हुने स्वास्थ्यकर्मीहरूले बताएकाे उनकाे भनाइ छ।
हावा चलेपछि रोगव्याधी मात्र आउँदैन, पशुचौपाया र कृषि उत्पादनमा समेत प्रतिकुल असर पर्न सक्ने भन्दै चिकित्सकहरूकाे चेतावनी छ। `यसपालि धान उत्पादनमा समेत भारी ह्रास आउनेछ धेरैकाे अनुमान छ,´ उनले भने। चैत, वैशखमा चल्ने जस्तै हावा पूर्वबाट बहेको हुनाले यसलाई पूर्विय हावा पनि भन्ने गरिएको छ।
वर्षा हुने समयमा वर्षा नहुने र खडेरी परिरहेकाले प्राकृतिक विपत्तीका घटना बढन सक्ने भन्दै सर्वसाधारण चिन्तित पनि बनिरहेका छन्। स्वभाविकरुपमा अहिले चलिरहेको खडेरी र त्रासपुर्ण हावाले उत्पादनदेखि मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने वातावरणविद्हरूको चिन्ता छ।
`वर्षाको समयमा औसत पानी नपरेकाे कारण पूर्वीय हावा तेज गतिमा चलिरहेको छ, त्यसो हुँदा यसपालि प्राकृतिक समस्या पनि त्यतिकै आउन सक्छ´ वातावरणविद् विराट
पन्तले उनले भने।
यस्ताे हावाले अहिले किसानहरूले लगाएका धानबालिमा असर पर्दै गएको छ। यस्तो प्रकारको हावाले वनस्पति तथा कृषिजन्य वस्तुहरूमा समस्या पर्न सक्ने वातावरणविद्हरू बताउँछन्।
एलर्जी, माैसमी ज्वराेकाे जाेखिम
सर्वसाधारणहरूलाई यस्तो प्रकारको हावाले विभिन्न रोग ल्याउन सक्ने भएकाले सजग रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्। जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक प्रदीपकुमार साहकाअनुसार एलर्जी र मौसमी ज्वरो, रुघाखोकीका बिरामीहरुलाइ अत्याधिक समस्या वनाउने गर्दछ।
उनले एलर्जीका बिरामीहरूले विशेष सावधानी अपनाउन आग्रह पनि गरेका छन्। `गर्मीयाममा सबैलाई एलर्जी हुन्छ। अझ यस्तो प्रकारको हावाले एलर्जी बढाउन मद्दत गर्ने भएकाले विशेष सावधानी अपनाउनु पर्छ,´ डाक्टर साहले भने।
हावाको मात्र त्रास हैन बर्षाको त्रास समेत बढ्दै गएको छ। नेपालमा बिशेषारी १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ। तर, निर्धारित समयमा मनसुन सक्रिय बन्न नसक्दा किसानहरू कहिले बर्षा हुन्छ र समस्या बनाउने हाेला भनेर त्रास बढाएकाे छ।







डिसी नेपाल








Facebook Comment