निहारिका राजपुत प्रकरणः बलात्कार आरोपी शिवराज पक्राउ
काठमाडौं । राष्ट्रपति कार्यालय अगाडी आत्मदाह प्रयास गरेकी निहारिका राजपुतको माग सुनुवाई गर्दै प्रहरीले बलात्कार आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ ।
धनुषा प्रहरी कार्यालयका अनुसार उनलाई अहिले साँझ पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख वसन्त रजौरेका अनुसार अहिले साँझ पक्राउ गरिएको छ । श्रेष्ठले बलात्कार गरेका कारण जन्मिएको बच्चाको डीएनए टेस्टको पनि माग गर्दै निहारिका अनसन बस्दै आएकी थिइन ।
राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास गर्दा प्रहरीले उद्धार गरी उनलाई अस्पताल भर्ना गरिएको थियो । अहिले उनी शिक्षण अस्पतालमा उपचार गराइरहेकी छिन् । दुई दिन अघि मात्रै कानुमन्त्री गोविन्द शर्मा बन्दीले निहारिकालाई न्याय दिलाउने आश्वसन दिदै अनसन तोड्न आग्रह गरेका थिए ।
तर उनले बच्चको डिएनए टेष्ट नगराएसम्म अनसन नतोड्ने बताएकी थिइन ।







डिसी नेपाल








Facebook Comment