विमानस्थलबाट करिब एक किलो सुन लेपन गरिएको कपडासहित चारजना पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ९७२.७८ ग्राम सुनसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पथरी शनिश्चरे नपा वडा नं. ४ स्थायी वतन भएका २८ वर्षीय रिवाज गजमेर, सिन्धुली कमलामाई नपा. वडा नं. ५ स्थायी वतन भएका वर्ष २६ को सागर न्यौपाने, सिन्धुपाल्चोक भोटेकोशी गापा. वडा नं. १ स्थायी वतन भएका २४ वर्षीय सोम बहादुर बिक र सिन्धुपाल्चोक भोटेकोशी गापा. वडा नं. ५ स्थायी वतन भएका ३० वर्षीय धन बहादुर बिक रहेका छन् ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहररु लाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।
उनीहरुले लगाएको पाईन्ट गन्जी र भित्री वस्त्रमा शंकास्पद देखिएको र अनुसन्धान गर्दा उक्त सुन फेला परेको हो ।
पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment