बागलुङको निसीमा टाउको बिनाको शव फेला

डिसी नेपाल
२ भदौ २०७९ १८:३०
172
Shares

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-४ झिवाखोलामा टाउको चुडिएको अवस्थामा एक युवाको शव फेला परेको छ । झिवाखोला बजार नजिकै निसीखोलामा निसीखोला गाउँपालिका–५ कामिडेरा निवासी २४ वर्षीय तुलबहादुर बिकको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार नै शव फेला परे पनि शवको टाउको नभएपछि पहिचानमा समस्या भएको थियो । शवको हातमा खोपेको ट्याटुको माध्यमबाट प्रहरीले शवको पहिचान गरेको हो ।

शवको पहिचान भए पनि हालसम्म टाउको फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । हत्या गरेर पहिचान लुकाउनका लागि टाउको काटेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.