देशभर थपिए ६२३ जना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६२३ कोरोना संक्रमण थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६२३ जनामा संक्रमण पुष्टि भएको हो । ४ हजार ९४५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
१ हजार २१ जनाको पिसिआर र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै देशभर ५०२४ जना सक्रिय संक्रमित रहेका छन् ।
सोही अवधिाम ४८७ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment