गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं: राष्ट्रपति भण्डारी

डिसी नेपाल
५ भदौ २०७९ ७:४०
68
Shares

काठमाडौं। राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरिको निधनमा शोक ब्यक्त गरेकी छिन्। गिरीको निधनले सिद्धान्तनिष्ट बौद्धिक ब्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छिन्।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’राष्ट्रपति भण्डारीद्वारा जारी शोक बक्तब्यमा भनिएको छ, ‘म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

उपचारको क्रममा गएराती प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरिको निधन भएको थियो। आजै उनको पशुपति आर्यघाटमा अन्तष्टी गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.