राष्ट्रपति भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरिन्

डिसी नेपाल
५ भदौ २०७९ १६:५५
736
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका दुईवटा विधेयक आइतबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.