२४ घण्टामा २८६ जना संक्रमित, ४७९ कोरोनामुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४२३ परीक्षणमा २८६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
पीसीआरबाट २०२ जना र एन्टिजेन परीक्षणमा ८४ जनामा संक्रमण देखिएको हो ।
यस अवधिमा ४७९ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ३४८ रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment