कारोबार खुलेको ३० मिनेट नबित्दै दुई कम्पनीको सेयर भाउमा पोजिटिभ सर्किट

डिसी नेपाल
६ भदौ २०७९ ११:२९
252
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको ३० मिनेट नबित्दै अपर हेवाखोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर भाउ बढेर सकारात्मक सर्किट लागेको हो।

अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको सेयर भाउ ९.९७ प्रतिशतले बढेको छ।

अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ २४ रुपैयाँ ९० पैसाले बढेर २ सय ७३ रुपैयाँ ९० पैसा र मन्दाकिनी हाइड्रोपावरको सेयर भाउ ३१ रुपैयाँ ५० पैसाले बढेर ३ सय ४७ रुपैयाँ ३० पैसा पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.